Introduction

टिसिएनको परिचय

कम्पनी ऐन बमोजिम नेपाल सरकारको पूर्ण स्वामित्वमा रहने गरी बि.सं. २०१७ सालमा “द टिम्बर कर्पोरेसन अफ नेपाल लिमिटेड” (टि.सि.एन.) को स्थापना भएको हो । आफ्नो स्थापना भन्दा पहिले २०११ साल देखि नै टि.सि.एन.ले परियोजनाको रुपमा समेत काम गरेको थियो । वन व्यवस्थापनबाट उत्पादन हुने काठ दाउराको व्यवस्थित रुपमा कटान संकलन, चिरान गरी सर्वसाधारण जनतालाई आपूर्ति गर्ने यसको मुख्य कार्य हो र यस कार्यमा विगतको ५० वर्ष भन्दा लामो अनुभव यस संस्थाको रहेको छ । लामो अनुभव रहेका कर्मचारी, स्थानियस्तर देखि केन्द्र सम्मको सांगठनिक संरचना र कार्य संचालनको लागि भौतिक पूर्वाधार र स्रोत साधन, संस्थाप्रतिको नागरीक विश्वासका साथै नेपाल सरकार वन तथा भू–संरक्षण मन्त्रालय, वन बिभाग, अर्थ मन्त्रालय, उद्योग मन्त्रालय, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल औद्योगिक विकास कर्पोरेसन जस्ता निकायहरु शेयर होल्डरको रुपमा रहनु र अधिकृत पूँजी १० करोड रहेको र “क” श्रेणीको संस्थाको रुपमा कार्यरत रहनु कर्पोरेशनको सवल पक्ष हो ।

द टिम्बर कर्पोरेशन अफ नेपालको स्थापना २०१७ साल कार्तिक २५ गतेका दिन तत्कालिन कम्पनी ऐन अन्तरगत वन तथा भू–संरक्षण मन्त्रालय, वन बिभाग, अर्थ मन्त्रालय, वाणिज्य मन्त्रालय, नेपाल औद्योगिक विकास निगम शेयर होल्डर रहेको सरकारको पूर्ण स्वामित्वमा भएको हो । बि.सं. २०११ सालमा हेटौंडामा सःमील परियोजनाको रुपमा स्थापित भई यस कर्पोरेसनले स्थापना कालदेखि हालसम्म पूर्ण सरकारी स्वामित्वमा रहि वनजंगलमा ढला पडा र खेर जाने काठ, दाउरा एवं सरकारको बिशेष निर्णय अनुसारका वन क्षेत्रबाट काठ दाउरा कटान चिरान गरी शहरी तथा ग्रामीण क्षेत्रका बासिन्दालाई सर्वसुलभ तरिकाबाट सुपथ मूल्यमा बिक्री बितरणको कार्य गर्दै आइरहेको छ ।

राष्ट्रिय वन जंगलबाट काठ, दाउरा संकलन गरी बिक्री बितरण गर्ने निकायको रुपमा एउटै संस्था राख्ने उद्देश्यले मिति २०४५।१२।१ को निर्णयबाट समान प्रकृतिका कार्य गर्ने इन्धन संस्थान र वन पैदावार विकास समितिको बिक्रीसंग सम्बन्धित कार्यलाई टि.सि.एन.ले गर्नेगरि यसलाई ‘क’ वर्गको कर्पोरेसनमा स्थापित गरि सञ्चालन हुंदै आएको छ । यसको अधिकृत पूजीं रु. १० करोड रहेको छ । २०१७ सालदेखि २०४४ पौषसम्म यस कर्पोरेसन वन तथा भू–संरक्षण मन्त्रालय अन्तरगत थियो, त्यसपछि आपूर्ति मन्त्रालय अन्तरगत राखियो भने २०५६ आश्विन २६ गतेको निर्णयबाट पुनः वन तथा भू–संरक्षण मन्त्रालय अन्तरगत रही हालसम्म कार्य गर्दै आइरहेको छ ।

उद्देश्य

टिम्बर कर्पाेरेशन अफ नेपाल लि काे प्रबन्धपत्र नियमावलीमा उल्लेख गरिएका कर्पाेरेशनका उद्देश्यहरू देहाय अनुसार छन्र ।
(क) नेपाल सरकारबाट प्राप्त जंगलहरु संस्थागत रुपमा ब्यवस्थित तरिकाले संरक्षण हुने गरी गोलिया काठ, दाउरा, कटान र चिरान गरी सर्बसाधारण जनता र कानून बमोजिम स्थापित संघ संस्थाहरुलाई सुपथ मूल्यमा बिक्री बितरण गर्ने ।
(ख) काठलाई बढी टिकाउ हुने कार्यहरु गर्ने ।
(ग) गोल तथा विृकेट बनाउने ।
(घ) काठ, दाउराको बर्तमान तथा दिर्घकालिन माग आपूर्ति सम्बन्धमा अनुसन्धान गर्ने र काठ, दाउराको विकल्पको खोजी गर्ने ।
(ङ) काठ, दाउरामा आधारित उद्योगहरु संचालन गर्ने ।
(च) कबुलियती वन लिई वृक्षारोपण गर्ने ।
(छ) नेपाल सरकारबाट समय समयमा हुने निर्देशन बमोजिम काम कारवाही गर्ने ।
(ज) निजी वन, गा.वि.स. संरक्षित वन, सामुदायीक वनबाट पनि आवश्यकता अनुसार काठ, दाउरा खरिद गर्ने ।

लक्ष्य

वन ब्यवस्थापनबाट प्राप्त हुने काठ, दाउरा र काठजन्य वन पैदावारको व्यवस्थित संकलन, सदुपयोग र बिक्री बितरण गरी दिगो वन विकास र गरिवी न्यूनिकरणमा टेवा पु¥याउने ।

कार्यक्षेत्र

कर्पोरेसनले तराई, भित्री मधेश तथा पहाडी क्षेत्रका ३४ जिल्लाहरु इलाम, झापा, मोरङ्ग, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, महोत्तरी, धनुषा, सिन्धुली, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, चितवन, तनहुं, कास्की, नवलपरासी, रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखांची, दाङ्ग, बांके, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी, काठमाण्डौ, ललितपुर, भक्तपुर मा कार्य क्षेत्र रहेको छ ।