Chief Executive Officer

नेपाल सरकारको पुर्ण स्वामित्वमा स्थापना भई काठ दाउरा संकलन, चिरान उत्पादन तथा आपूर्ति, दाहसंस्कार र धार्मिक प्रयोजनको लागि दाउरा आपूर्ति, काठको पोलको प्रशोधन तथा आपूर्तिका साथै बृक्षरोपणमा महत्वपूर्ण योगदान पुर्याएको द टिम्बर कर्पोरेशन अफ नेपाल लि. ले करिब छ दशकको लामो इतिहासमा विभिन्न आरोह अवरोह पार गरी बाढी पहिरो, नाकाबन्धी, भुकम्प जस्ता संकटको समयमा समेत काठ दाउरा आपूर्ति गरी योगदान पुर्याउन सफल भए पनि माग अनुशारको सहज रुपमा काठ आपूर्ति गर्न सकेको अवस्था छैन ।

आधुनिक साधन तथा प्राबिधिक कर्मचारीको व्यवस्था गरी काठ कटान, चिरान तथा काठ सिजनिङ र उपचारको लागि नेपाल सरकारको प्राविधिक संस्थाको रुपमा यस कर्पोरेशनलाई विकास गर्न आवश्यक छ । नेपाल सरकारको आवधिक योजना, बार्षिक नीति तथा कार्यक्रम, बन तथा वातावरण मन्त्रालयको बार्षिक नीति तथा कार्यक्रम, कर्पोरेशनको व्यवसायिक कार्ययोजना तथा बार्षिक कार्यक्रमले लिएका लक्ष्य प्राप्तिका लागि कर्पोरेसनले प्रभावकारी रुपमा कार्य गर्नुपर्ने हुन्छ । काठ दाउरामा आत्म निर्भर हुन तथा काठको मूल्यलाई प्रतिस्पर्धी बनाउन नेपाल सरकारलाई सहयोग पुर्याउन पनि यस कर्पोरेशनले भूमिका खेल्न सक्नु पर्छ । साथै सुशासन अभिबृद्धि मार्फत सरोकारवाला तथा सेवाग्राहीहरुको संस्था प्रतिको सकरात्मक बुझाई अभिबृद्धि गर्न समग्र कार्य प्रक्रियामा परिमार्जनको आवश्यकता महशुस गरिएको छ ।

माथि उल्लेखित उद्देश्यहरु प्रप्तीको लागि काठ दाउरा संकलन तथा प्रशोधन क्षमता बढाउने, सिजनिङ तथा उपचार गरी काठलाई बढि टिकाउ बनाउने, काठ बिक्रि बितरणका लागि थप डिपोहरु स्थापना गरी चिरान काठ आपूर्तिलाई सहज बनाउने, अन्तराष्ट्रिय गुणस्तरको काठका पोलहरु प्रशोधन गरी बिधुत बितरणका लागि आपूर्ति गर्ने, नीजि सरकारी साझेदारी अवधारणमा वन पैदावरमा आधारित उधोगहरुको प्रबद्र्धन गर्ने, संस्थाबाट उत्पादित अन्तिम बस्तुहरुमा गुणस्तर चिन्हको ब्यबस्था गर्ने, वित्तिय अनुशासन कायम गर्ने तथा कार्य प्रणालीमा पारदर्शिता अभिबृद्धि गरी संस्थालाई सेवामूखी तथा व्यबसायिक संस्थाको रुपमा विकास गर्ने लक्ष्य लिएका छौ ।